काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता (तस्वीरहरू)


७ मंसिर २०८०, बिहीबार
police 11

काठमाडौँ । काठमाडौंमा आज (बिहीबार) हुन लागेको विरोध प्रदर्शनलाई लक्षित गरेर उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज विहानैदेखि काठमाडौंका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

police 1

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र मेडिकल व्यावसायी दुर्गा प्रसाई समूहको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ ले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । युवा संघले काठमाडौँको तीनकुनेमा र बल्खुमा प्रसाईं नेतृत्वको समूहले कार्यक्रम गर्ने प्रहरीले जनाएको छ ।

police 2

प्रदर्शनको सुरक्षाका एकीकृत सुरक्षा योजना बनाएर लागु गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा ड्रोनबाट समेत निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

police 4

युवा संघले तीनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । दुवैको कार्यक्रमस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन् । अत्यावश्यक काम बाहेक सवारीसाधन लिएर ननिस्कन प्रहरीले सूचना जारी गरेपछि काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चाप कम देखिएको छ ।

police 5
police 6
police 7
police 8
police 9
police 10
police 12
police 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७