मणिपुरको पञ्जाब बैंकमा १८ करोड बढी लुटपाट


१५ मंसिर २०८०, शुक्रबार
dakaiti hJdzQuZjXB

मणिपुर । मणिपुरमा अहिलेसम्मकै ठूलो डकैती भएको छ । उखुरुल जिल्लाको पञ्जाब बैंकबाट डाँकाको समूहले बन्दुक देखाएर १८ करोड रुपैयाँभन्दा बढी लुटपाट गरेको छ । यो घटना बिहीबार साँझको हो । प्रहरीले लुटेराहरूको खोजी गरिरहेको छ भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सामाजिक सञ्जालमा लुटपाटको सीसीटीभी फुटेज बाहिर आएको छ । जसमा बैंकबाट लुटेराहरूले हतियारसहित चोरी गरेको देखिन्छ । मणिपुरको उखरुल जिल्लामा रहेको पञ्जाब बैंकबाट नकावधारी डाँकाहरूको समूहले बन्दुक देखाएर १८.८० करोड रुपैयाँ लुटेको प्रहरीले शुक्रबार बताएको छ ।

पञ्जाब नेशनल बैंकको यस शाखामा भारतीय रिजर्व बैंकले बैंक र एटीएमहरूका लागि नगद स्टक गर्द छ । बिहीबार साँझ राज्यको राजधानी इम्फालबाट करिब ८० किलोमिटर टाढा रहेको उखुरुल सहरमा रहेको बैंकमा हतियारधारी लुटेराहरूले सुरक्षाकर्मीलाई हानेर कर्मचारीलाई धम्की दिएर तिजोरीबाट पैसा लुटेका थिए । अधिकारीहरूका अनुसार केही बदमासहरूले क्यामोफ्लाज बर्दी लगाएका थिए ।

उनीहरूले कर्मचारी र सुरक्षाकर्मीलाई बैंकको शौचालयभित्र बन्द गरेर ताला लगाएका थिए । त्यसपछि एक वरिष्ठ कर्मचारीलाई बन्दुक देखाएर सेफ खोल्न लगाएर लुटेराले पैसा लुटेका थिए । उखुरुल प्रहरी चौकीमा उजुरी परेको छ । प्रहरीले अपराधी पत्ता लगाउन सीसीटिभी फुटेजको जाँच सुरु गरेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७