जहाँ ओली, त्यहाँ आशा र उत्साह (फोटो फिचर)

‘एमालेको कार्यक्षमता देखेर विरोधी आत्तिए, पार्टीभित्रकै हरिया सर्पले पनि प्रहार गरे’


१९ मंसिर २०८०, मंगलवार
7 2

सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको शासनकालमा देशमा विकासको गति अघि बढेको दाबी गरेका छन् ।

1 3

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार बिहान सल्यानमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै ओलीले एमालेको पालामा देशमा विकास अघि बढेको र सुशासन कायम भएको बताएका हुन् । ‘भ्रष्टाचार नियन्त्रण गरेका थियौँ, थुप्रै क्षेत्रमा पूर्वाधार, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य, अनेक क्षेत्रहरूमा विकासको गतिलाई अघि बढाएका थियौँ’, कार्यक्रममा बोल्दै ओलीले भने ।

2 4

एमालेको कार्यक्षमता देखेर विरोधीहरू आत्तिएका ओलीले बताएका छन् । ‘हाम्रो कार्यक्षमता देखेर हाम्रा विरोधहरू आत्तिए, पार्टी भित्रै लुकेर बसेका कतिपय हरिया सर्पहरू, तिनीहरू पनि आत्तिए तिनले पनि पार्टीविरुद्ध प्रहार गरे, हाम्रो देशलाई सम्पन्न भएको देख्न नचाहने, विकास भएको देख्न नचाहने यस देशको राष्ट्रिय स्वाधीनता र स्वाभिमान माथि उठेको देख्न नचाहने वैदेशिक शक्तिहरूले पनि हाम्रा विरुद्ध षडयन्त्र गरे’, ओलीले भने ।

3 3

एमालेले सरकार छाडेको अढाई वर्षमा राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा देश धेरै नराम्रो गरी ओरालो लागेको र देशको विकास ठप्प भएको ओलीको धारणा छ । अहिले जनतामा निराशा बढ्दै गएको ओलीले टिप्पणी गरे । देश अगाडि बढ्नु पर्नेमा विनाश तर्फ धकेल्ने काम गरिएको उनले बताए । विश्व तीव्र आर्थिक विकास तर्फ अघि बढिरहेको बेला नेपाल भने ओरालो लागेको उनको टिप्पणी छ ।

4 3

बैतडीको झुलाघाटबाट मंसिर १४ गते आरम्भ भएको यात्राको आज छैटौँ दिन हो । यात्रा २१ औँ दिनको दिन पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुँदैछ । मध्यपहाडको विकासको अवस्था, चुनौती र सम्भावना पहिचान गर्न एमालेले सो यात्रा आयोजना गरेको हो । पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ भन्ने विषय खोजी गर्न यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।

5 2

जहाँ ओली, त्यहाँ उत्साह
एमालेको ‘संकल्प यात्रा’ को आज छैटौं दिनसम्म ओली नेतृत्वमा पुगेको नेकपा एमालेका नेताहरुको टोलीले विभिन्न जिल्लामा उत्साह पैदा गराएको छ । ओलीसहितका एमाले नेताहरुलाई भेट्न र उनीहरुका कुरा सुन्न गाउँ गाउँबाट ठूलो संख्यामा नागरिकको सहभागिता रहेको छ ।

6 1

देश समृद्धिको योजनासहित नागरिकमा उत्साह जगाउने नेताका रुपमा रहेका एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीको कार्यक्रममा पार्टीको कार्यकर्ता मात्र नभई सर्वसाधरण नागरिक र विद्यार्थीहरुको समेत ठूलो उपस्थिति देखिएको छ । अभियानको छैटौं दिनसम्म अध्यक्ष ओली नेतृत्वको टोली जहाँ जहाँ पुग्यो त्यहाँका नागरिक उत्साहित बनेका छन् ।

7 3
8 2
9
10
oli welcomed by janardan 0

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७