काठमाडौंमा बाल्टिनको पानीमा डुबेर नाबालिकाको मृत्यु


२७ मंसिर २०८०, बुधबार
Baltin ma duber death

काठमाडौं । काठमाडौंमा बाल्टिनको पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शौचालयमा रहेको बाल्टिनमा रहेको डुबेपछि नाबालिकालाई निकालेर नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लगिएको थियो । उक्त अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७