कस्तो रहला आजको मौसम ? कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ?


२८ मंसिर २०८०, बिहीबार
Himal dhaulagiri myagdi

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (बिहीबार) दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७