मणिपालमा उपचाररत युवक बेपत्ता, आज सेती नदीको ड्याम खोलेर खोजिंदै


२८ मंसिर २०८०, बिहीबार
seti river

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका एक बिरामीलाई खोज्न आज (बिहीबार) सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल भर्ना भएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता थिए ।

ज्वरोसम्बन्धी उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । मणिपालको इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट हराएका थिए । खोजतलासका क्रममा मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र परिचयपत्र भेटिएपछि प्रहरीले सेती नदीमा हाम फालेको हुनसक्ने अनुमान गरेको छ ।

त्यसैका आधारमा उनलाई खोज्न सेती नदीको ड्याम खोल्न लागिएको हो । प्रहरीले उनको खोजीका लागि ड्याम खोल्नुपर्ने भएकाले ड्यामभन्दा तलका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । प्रहरीले मध्याह्न १२ देखि ४ बजेसम्म ड्यामभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७