फिफा बर्ष खेलाडीका लागि मेसी, एम्बाप्पे र हालाण्ड मध्ये कसले मार्ला बाजी ?


३० मंसिर २०८०, शनिबार
messi

काठमाडौँ । फिफाको यस बर्षको उत्कृष्ट खेलाडी ‘द बेस्ट’ को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्बजनिक गरिए पछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ ।

फिफाको अन्तिम तीनमा इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी परे पछि धेरैले मेस्सीको सम्भावना देखाएका छन । कारण, उनले गत बर्षको विश्वकप जिताउन ठूलो भूमिका खेलेका थिए । फिफाले हरेक बर्ष प्रदान गर्ने ‘द बेस्ट’ को उपाधि यस बर्ष आगामी जनवरी १५ मा प्रदान गर्नेछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्त २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक बर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।

शुरुमा यस अवार्डका लागि १२ खेलाडी छनौट गरिएकोमा राष्ट्रिय टिमका कोच, कप्तान र फुटबल पत्रकार र फ्यानहरुको मतको आधारमा अन्तिम तीन खेलाडी छानिएको फिफाले जनाइसकेको छ । जसअनुसार यस अवधिमा हालाण्डले ३३ खेलमा २८ गोल गरेका थिए । उनले युरोपियन गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिगको गोल्डेन बुट समेत जित्ने खेलाडी हुन । हालाण्डले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जिताए पछि उनको दावीलाइ कमजोर ठानिएको छैन ।

लियन एम्बाप्पेले पीएसजीलाई लिग वानको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने फ्रान्सलाई फिफा विश्वकपको फाइनलमा पुर्याएको भनेर मनोनित गरिएको जनाउँदै आइएको छ । त्यस्तै २०२२ को द बेस्ट अवार्डसमेत जितेका मेसीले यस अवधिमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । उनी फिफा द बेस्ट अवार्डका प्रमुख दाबेदार मानिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७