युक्रेन ईयूमा सामेल हुन अझै धेरै प्रक्रिया बाँकी छ : फ्रान्सेली राष्ट्रपति


३० मंसिर २०८०, शनिबार
1

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले युरोपेली संघको सदस्यता प्राप्त गर्न अझै धेरै प्रक्रिया बाँकी रहेको बताएका छन् ।

युक्रेनको ठूलो कृषि क्षेत्रलाई युरोपेली संघमा स्वागत गर्दा फ्रान्सका किसानमा पर्ने असरबारे सोधिएको प्रश्नको जवाफ दिँदै म्याक्रोनले तयारी गर्न अझै समय बाँकी रहेको प्रतिक्रिया दिएका हुन् ।

‘हामी युक्रेनको इयुमा हुने भनिएको प्रवेशबाट धेरै टाढा छौं कुनै पनि अवस्थामा विस्तार गर्नुपर्ने भए पनि हाम्रा नियममा गहिरो सुधार आवश्यक हुनेछ र यो ठूलो कोष वृद्धिबाट मात्र सम्भव हुनेछ’, उनले भने । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७