इन्टरपोलमा ‘रेड नोटिस’ जारी भएका उपाध्यायलाई दुबईमा पक्राउ गरेर ल्याइयो


३० मंसिर २०८०, शनिबार
cib

काठमाडौंं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।

ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् । उनीमाथि ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप रहेको एआइजी बज्राचार्यले जानकारी दिइन् ।

उनले भनिन्, ‘उपाध्यायामाथि सबैबाट गरेर एक करोड ५५ लाख ९२ हजार ५२५ रुपैयाँ ठगी गरेको जाहेरी प्रहरीसँग छ ।’ सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भएपछि यसका सदस्य राष्ट्रहरुका प्रहरीले सम्बन्धित व्यक्तिलाई खोजी गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७