लुटन टाउनका कप्तान हृदयाघात भएर मैदानमै ढले, खेल स्थगित


१ पुष २०८०, आईतवार
Luton town HykuQsXOJR

काठमाडौं । इङलिस क्लब लुटन टाउनका कप्तान टोम लकियरलाई हृदयाघात भएको छ । गएराति बर्नमाउथसँगको खेलका दौरान हृदयाघात भएपछि खेल रद्द गरिएको छ । खेलको ६५ औं मिनेट चलिरहँदा उनी मैदानमै ढलेका थिए ।

२९ वर्षे खेलाडी टोम मैदानमा ढलेको समयमा खेलको स्कोर १–१ को बराबरी भएको थियो । उनको आसपासमा केही खेलाडी नभएको समयमा उनी मैदानमा ढलेका थिए । त्यसपछि बाँकी खेलाडी र लुटनका अफिसियलले उनलाई तत्कालै अस्पताल लैजानुपर्ने भन्दै इसारा गरेका थिए ।

त्यसपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको थियो । बर्नमाउथको भिटालिटी रंगशालाका उद्घोषकले त्यसको केही समयमा पछि बाँकी खेल नहुने जानकारी दिएका थिए । मैदानबाट बाहिर निकालिएपछि टोमको होस आएको र अहिले अस्पतालमा स्थिर अवस्थामा रहेको क्लबले जानकारी दिएको छ । गत मे महिनामा लुटनले प्रोमोसनको प्लेअफ खेल्दा पनि लाकियर खेलकै दौरान मैदानमा ढलेका थिए ।

त्यसपछि उनको मुटुको शल्यक्रिया गरिएको थियो । गए राति भएको खेलमा पाहुना टोली लुटनले खेलको तीन मिनेटमा नै अग्रता बनाएको थियो । तर ५८ औं मिनेटमा बर्नमथले गोल फर्काएपछि खेल एक–एकको बराबरी भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७