रुस–युक्रेन युद्धमा सहभागी नेपालीको चाँडो उद्दार गर : मानवअधिकार आयोग


१ पुष २०८०, आईतवार
hurf

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रुस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै केही नेपाली युवा रुसी सेनामा भर्ना भएको र युक्रेनी सेनाको आक्रमणमा परी केहीको मृत्यु तथा केही घाइते भएको भन्दै आयोगले युद्धमा सहभागी नेपाली युवाको उद्धार गर्न आग्रह गरेको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहेपनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’

युद्धमा परी मृत्यु भएकाहरुको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन समेत आयोगले सरकारलाई आग्रह गरेको छ ।

आयोगले मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

NHRC Nepal Press Release

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७