फ्री भिसा, फ्री टिकटमा वैदेशिक रोजगारीमा पठाउन सकिँदैन : श्रम सचिव भण्डारी


१ पुष २०८०, आईतवार
Keshab prasad bhandari mk

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्री भिसा फ्री टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन् ।

आज (आइतबार) मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८) को पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडी लगायत मुलुकहरूमा फ्री भिसा फ्री टिकटमा पठाउने काम भए पनि पठाउन नसकिने स्पष्ट पारे । उनले योग्यता क्षमता र सीप भएका श्रमिकहरूको माग गर्दा नै त्यो देशको एजेन्सीहरूले सटेन कमिसन लिने गरेको बताए ।

उनले श्रमिक माग गर्दा नै लागत लाग्ने भएकाले फ्री भिसा फ्री टिकटमा श्रमिक पठाउन नकिने देखिएको बताए । सचिव भण्डारीले सरकारले फ्री भिसा फ्री टिकट नीति कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको उल्लेख गरे ।
उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने मापदण्ड बनाएको भन्दै लिँदै आएको १० हजारमा पठाउन नसकिने बताए । उनले श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवाशुल्क म्यानपावरले लिन पाउने र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिनसक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए ।

उनले भने ‘फ्री भिसा फ्री टिकटको काम भइरहेको छ । हरेक वर्ष १८ देखि २० हजार मानिसहरु फ्री भिसा फ्री टिकटमा गइरहेका छन् । तर फ्री भिसा फ्री टिकटमा पनि कहीँ न कहीँ कष्ट छ । त्यो लागतलाई सबै भन्दा कममा काम गर्दा कतै फ्री भनिएको छ । कहीँ १० हजार भनिएको छ । वैदेशिक रोजगारको लागि जानेहरूको मेडिकल परीक्षण गर्ने भनेर स्वास्थ्य मन्त्रालयले हामीलाई मापदण्ड दिएको छ । त्यसको लागत नै १२ हजार पर्छ भनेको छ । खाडी मुलुकमा १० हजारमा भन्दा सम्भव जस्तो छैन । सेवा शुल्क के हुने एक महिनाको तलबमा धेरै देशले काम गरिरहेका छन् । सीप भएको जबमा त्यो भन्दा बढी पैसा लिएर योग्यता तालिम र भाषा परीक्षा लगायतका कुराहरूमा काम गरिरहेको छ ।’

उनले भने, ‘हामी पनि एक महिनाको तलब बराबरको सेवा शुल्कमा जानेकी के गर्ने भनेर । फ्री भिसा फ्री टिकट भनियो । त्यसमा केही कामहरु भएको छ । तर उसको लागत लागेको हुन्छ । त्यसैले उसले रिकभरी खोजेको हुन्छ । अहिले पनि श्रम बजारमा आइरहेको मागहरू छन् । त्यो मागअनुसार हाम्रा म्यानपावर व्यवसायीहरूले त्यसै पाउँदैन उताको एजेन्सीहरूले पनि केही कमिसन लिएको हुन्छ । त्यस्तै,अभिमुखीकरण तालिमका दिन्छु भनेर संस्था खोलेको छ त्यसले तालिम दिनुपर्छ । सरकारमा दर्ता भएपछि राज्यले खोज्छ । कर्तव्य पालना नगरेपछि त्यस्ता संस्थाहरूलाई अब खारेज गछौं । पछिल्लो समय धेरै ठाउँका अभिमुखीकरण तालिमको अनुगमन गरियो । धेरै ठाउँमा तालिम सञ्चालन भएका छैनन् । नभएका संस्थाहरूलाई हटाउने हो ।’

उनले अभिमुखीकरण तालिमका दिन्छु भनेर खोदिएका संस्थाहरूले अभिमुखीकरण तालिम नदिए तत्काल खारेज गर्ने बताए । उनले मन्त्रालयले अनुगमनका क्रममा धेरै संस्थाहरूले तालिम नदिएको पाएकाले त्यस्ता संस्थाहरु खारेज गर्न लागेको बताए । उनले दर्ता गर्ने तर कर्तव्य पालना नगरेपछि त्यस्ता संस्थाहरूलाई खारेज हुने बताए । अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ । यो वर्ष नेपालले आप्रवासी र आश्रित परिवारको संरक्षण, महिला आप्रवासी श्रमिकको सम्मान गर्न लैङ्गिक विभेदको अन्त्य, आप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७