उत्तर कोरियाद्वारा ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण


२ पुष २०८०, सोमबार
1 uttar korea uWZbYsicMV

काठमाडौं । उत्तर कोरियाले ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनका पिता तथा किम जोङ इलको निधन भएको मिति पारेर प्योङयाङले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

सियोल र वासिङ्टनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका वेला यो प्रक्षेपण गरिएको हो । दुई मित्र राष्ट्रले शुक्रबार वासिङ्टनमा आणविक परामर्श दाता समूहको दोस्रो बैठक आयोजना गरेका थिए, जहाँ उनीहरूले उत्तर कोरियासँगको द्वन्द्वको स्थितिमा आणविक प्रतिरोधका बारेमा छलफल गरेका थिए ।

उत्तर कोरियाले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो । उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ । गत महिना प्योङयाङले सैन्य जासुसी उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा स्थापना गरेको थियो । त्यसपछि उसले आकाशबाट आफ्नै प्रविधिले अमेरिका र दक्षिण कोरियाका प्रमुख सैन्य स्थलको तस्विर उपलब्ध गराइसकेको दाबी गर्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७