कांग्रेस गण्डकी प्रदेश सम्मेलनको बैठक सुरु, सभापति देउवाले गरे उदघाटन


३ पुष २०८०, मंगलवार
congress gandaki

गण्डकी । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको बैठक सुरु भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी बैठक सुरु भएको हो ।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित छ । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा भयो भने बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ । सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने तयारी गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७