देउवालाई कांग्रेस नेता भण्डारीले भने–मेरो सूचनामा अनुसार चैतसम्ममा यो संविधान खारेज हुनसक्छ


३ पुष २०८०, मंगलवार
Shankar Bhandari 1
फाइल फोटो

पोखरा । सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतभित्र संविधान खारेजीको सम्भावना रहेको दाबी गरेका छ्न् । आज (मंगलबार) पोखरामा सुरु नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटीको प्रथम सम्मेलनमा बोल्दै उनले चैतसम्म मुलुकमा जे पनि हुन सक्ने बताए ।

‘यो चैतभित्र संविधान खारेज हुन सक्छ । यदि मैले पाएको सूचना गलत छैन भने,’ उनले भने । प्रदेश संरचनाको विकल्प खोज्नु पर्नेमा पनि उनको जोड छ । उनले भने, ‘ठूलो जनमत प्रदेश संरचनाको विरोधमा छ। प्रदेशको विकल्प खोज्नु पर्छ ।’ कांग्रेसलाई बलियो बनाउने हो भने अहिलेको निर्वाचन संरचना बदल्न आवश्यक रहेको उनले टिप्पणी गरे ।

पूर्वमन्त्री समेत रहेका भण्डारी हिन्दु धर्मको पक्षमा देखिए । बैद्धिक सनातन धर्मलाई कांग्रेसले बोक्नुपर्ने उनले बताए । ‘शेरबहादुर दाइले यसको नेतृत्व गर्नुस्, तपाईं राजनेताको रुपमा स्थापित हुनुहुन्छ,’ उनको आग्रह छ । पार्टी लथालिङ्ग भएको स्वीकार्दै उनले सम्हाल्न आवश्यक रहेको सुझाव दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७