युएईबाट काठमाडौं आएको जहाजको शौचालयमा मृत नवजात शिशु फेला, महिला पक्राउ


४ पुष २०८०, बुधबार
air arebia

काठमाडौं । युएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ ।

आज (बुधबार) बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो । एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । ती यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन ।

प्रवक्ता झाका अनुसार शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो । ‘ती महिला यात्रु र मृत शिशुलाई अस्पताल लगिएको छ,’ उनले भने । यो घटनामा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने भएको छ । ती महिला यात्रुलाई केएमसी अस्पताल सिनामंगल लगिएको प्रहरी स्रोतले जानकारी दियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७