उड्न लागेको बुद्ध एयरको विमानको आपतकालीन ढोका खोल्ने यात्रु पक्राउ


५ पुष २०८०, बिहीबार
buddha 1703133305
तस्वीर स्रोत : जहाजमा रहेका यात्रु यादव देवकोटाको सामाजिक सञ्जाल एक्सबाट ।

पोखरा । पोखराबाट काठमाडौँ उड्न लागेको एक यात्रुले बुद्ध एयरको विमानको आपतकालीन (इमर्जेन्सीं ढोका खोलिदिएपछि उडान आकमिस्क रुपले रद्द भएको छ । बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार बिहान ९ बजेका लागि तय भएको उडान नम्बर ६५२ ले यात्रु चढाएर जहाजका सबै ढोका बन्द गरेर उडानको तर्खर गर्न लाग्दा जहाजको इमर्जेन्सी ढोका एकाएक खोलिदिएका थिए ।

गौतमका अनुसार भीम परियार नामका यात्रु जहाजको १– सी–डी अर्थात् इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए । उनले आपतकालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको गौतमले जानकारी दिए ।

‘इमर्जेन्सी ढोका खुलेपछि उडान रद्द गरिएको छ । उहाँ (भीम परियार) ले जहाजमा यात्रु बोर्ड गरेर डोर लक गरेपछि इमर्जेन्सी ढोका खोलिदिनु भयो, जहाजमा वान सी र डी सिट हुन्छन् । सो सिट हामी वृद्ध र बिरामीलाई दिँदैनौँ । केही भइहाल्यो खोल्नपर्ने ढोका हो । उहाँले खोलिदिनुभयो, उडान रोकियो’, गौतमले भने, यात्रुलाई अर्को विमानबाट पठाइयो । एक घण्टा ढिला भयो । अब त्यो जहाज चाहिँ इन्जिनियरले परीक्षण र उडानका लागि ठीक छ भनेपछि मात्र उडाउने हो, जहाजमा प्राविधिक समस्या आएको हैन । यात्रु चाहिँ अहिले प्रहरी नियन्त्रणम हुनुहुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७