अर्को चुनावमा कांग्रेसले हँसिया हथौडा बोक्दैन : गगन थापा


५ पुष २०८०, बिहीबार
Gagan Thapa 2
नेपाली कांग्रेसका महामन्त्री गगन थापा जनकपुरधाममा बिहीबार आयोजित नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै । तस्बिरः निरञ्जनकुमार साह / रासस

जनकपुर । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री थापाले कांग्रेसले अर्को चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । आज (बिहीबार) मधेस प्रदेश सम्मेलनमा बोल्दै उनले त्यो कुरा लेखेर राख्न सहभागीहरूलाई आग्रह समेत गरे ।

‘लेखेर राख्नुस्, कुनै पनि कांग्रेसले अर्को चुनावमा छाता ओड्नेवाला छैन । कुनै पनि कांग्रेसले अर्को चुनावमा साइकल चलाउनेवाला छैन । हँसिया हथौडा बोक्नेवाला छैन । कांग्रेसले केवल रुख हेर्नेवाला छ । रुखमा छाप लगाउनेवाला छ । गाछीमा छाप लगाउने कांग्रेस बनाउनुपर्ने छ,’ उनले भने ।

थापाले २०८४ आउन चार वर्ष बाँकी रहेकाले त्यसको चिन्ता लिनु नपर्ने बताए । तर कांग्रेसले आफूले जितेका पालिका, प्रदेश सरकार तथा संघीय सरकारबाट काम गरेर देखाउनुपर्ने बताए । थापाले आज जनता कुशासनले रिसाइरहेको बेलामा जनतालाई पछाडि फर्काउनु पर्छ भन्नेहरू चाहिँ गणतन्त्र खारेज गरौँ भनिरहेको भन्दै कटाक्ष गरे। जनताले हरेक दिन बिहान उठ्दै गर्दै नयाँ नयाँ काण्ड सुन्ने गरेको तर जनतालाई पछाडि फर्काउन चाहनेहरूले त्यसैलाई देखाएर गणतन्त्र खारेज गर्नुपर्छ भन्ने गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७