२०८० पुस ६ गते शुक्रबारको तपाईको राशिफल

मंसिर शुक्ल दशमी पञ्चाङ्ग : परिधि गर अश्विनी


६ पुष २०८०, शुक्रबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज जोश, जाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । बाहन लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको यात्रामा बिघ्नबाधा आइलाग्नेछ । आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा समस्या बढ्न सक्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । शेयर बजारमा पनि उतारचढाव आइ रहनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सहयोगी हातहरू अघि बढ्ने छन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा होला । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७