सिटीले पहिलो पटक जित्यो क्लब विश्वकपको उपाधि


७ पुष २०८०, शनिबार
ct

रियाद । जुलियन अल्भारेजको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले फ्लुमिनेसेलाई हराउँदै पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । सिटीले ब्राजिलियन टोलीलाई ४–० गोल अन्तरले सजिलै हराएको हो ।

पेप ग्वार्डिओलाको टोलीले खेलको ४० औँ सेकेन्डमा नै अग्रता लिएको थियो । अल्भारेजले सिटीका लागि पहिलो गोल गरे । २७ औँ मिनेटमा निनोले आत्मघाती गोल गरेपछि सिटीले दुई गोलको अग्रता बनायो । दोस्रो हाफको ७२ औँ मिनेटमा फिल फोडेनको टोलीका लागि तेस्रो गोल गरे भने ८८ औँ मिनेटमा अल्भारेजले अर्को गोल थपे ।

योसँगै म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीपछि क्लब विश्वकपको उपाधि जित्ने सिटी चौथो प्रिमियर लिग टोली बनेको छ ।
यसका साथै सिटीले यो वर्ष पाँचवटा उपाधि पनि जित्न सफल भएको छ । यस्तो गर्ने सिटी पहिलो इंग्लिस टोली हो । सिटीले यो वर्ष प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिगका साथै यूईएफए सुपरकप जितिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७