उपप्रमुखको गाडीमा आगजनी


८ पुष २०८०, आईतवार
Agjani k7jXLYAcIU

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट प्रदेश २–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

उपप्रमुख महतोको गौशाला १ रामनगरस्थित घर आँगनमा पार्किङ गरिएको अवस्थामा शनिबार राति गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । घरका परिवारले राति करिव २ बजेतिर गाडीमा आगो लागेको देखेपछि इलाका प्रहरी प्रहरी कार्यालयलाई खबर गरेको उपप्रमुख महतोले जानकारी दिइन् ।

इलाका प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा राति नै घटनास्थल पुगेको प्रहरीले घटनास्थलबाट डीयुको ठूलो बोतल फेला पारेको छ । बोतलबाट आएको गन्धको आधारमा आगजनी पेट्रोल छर्केर लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी निरीक्षक यादवका अनुसार आगजनी कसले र किन गरेको स्पष्ट हुन सकेको छैन । घटनाको स्थलगत मुचुल्का गरी सघन अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७