श्रीलंकामा १५ हजार लागुऔषध दुर्व्यसनी पक्राउ


९ पुष २०८०, सोमबार
srilanka
तस्वीर : एजेन्सी

काठमाडौं । श्रीलंकाले लागुऔषध तस्करीविरुद्ध सुरु गरेको अपरेशनमा १५ हजार जनालाई पक्राउ गरेको छ । यस अवधिमा करिब ४४० केजी लागुऔषध बरामद भएको छ । जसमध्ये २७२ केजी गाँजा, ३५ केजी गाँजा र ९ केजी हेरोइन समावेश छ । श्रीलंका प्रहरीका अनुसार पक्राउ परेकामध्ये १३ हजार ६६६ ओसारपसारमा संलग्न रहेका छन् भने करिब ११ सय लागुऔषध दुर्व्यसनी छन् ।

लागुऔषधको लतबाट छुटकारा दिलाउन उनीहरुलार्य सैन्य सुधार केन्द्रमा पठाइएको छ । श्रीलंकामा लागुऔषध तस्करहरूलाई नियन्त्रण गर्न यो महिना युक्तिया नामक विशेष अभियान सुरु गरिएको थियो । क्रिसमसलाई ध्यानमा राखेर केही दिनका लागि छापा मार्ने काम रोकिने प्रहरीले जनाएको छ । तर, मानवअधिकारकर्मी हेजाज हिजबुल्लाहले यो कारबाहीको विरोध गरेको छ । प्रहरीले बिना सर्च वारेन्ट छापा मारेको उनीहरुको आरोप छ । श्रीलंकाली नौसेनाले यसअघि डिसेम्बर २०२२ र अप्रिल २०२३ मा दुई वटा अपरेशनहरू सञ्चालन गरेको थियो ।

श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा ठूलो लागुऔषधको अप्रेसन सन् २०१६ मा गरिएको थियो । त्यतिबेला प्रहरीले करिब ८ सय केजी कोकिन बरामद गरेको थियो । अहिले सुरु भएको अभियान प्रति सामाजिक सञ्जालमा अभियन्ता अम्बिका सतकुनाथनले प्रमाणका आधारमा खोजी अभियान नभएर गरिब क्षेत्रलाई मात्रै लक्षित गरिएको बताएका छन् । प्रहरीले साना कारोबारी र लागुऔषध प्रयोगकर्तालाई पक्रन थाले पनि ठूला तस्करसम्म पुग्न नसेका उनको भनाई छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७