छुट्ने दिनमै मोरङ कारागारमा कैदीको मृत्यु


९ पुष २०८०, सोमबार
morang karagar

मोरङ । मोरङ कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– १० का ४८ वर्षीय चण्डेश्वर सहनी रहेका छन् ।

उनलाई ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएपछि दुई अगाडि विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो । सहनी आज कैदमुक्त हुँदै थिए । कारागारबाट बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७