राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्न जसपाको बैठक बस्दै


१० पुष २०८०, मंगलवार
jasapa 1

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेका लागि बोलाइएको छ ।

पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । त्यसै गरी आगामी पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

जसपाले आफ्ना सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इञ्चार्ज रहेको कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७