राष्ट्रपतिको प्रश्न : गाउँ किन रित्तिंदै छन् ?


१० पुष २०८०, मंगलवार
Ram chandra

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको विकास भए पनि गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

KiranrajBista KTM RSS 10 1

सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैले यस समस्याको समाधान खोज्नुपर्ने बताए । शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौं नेपाली युवाहरु विदेशिने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेकामा उनले जोड दिए ।

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक,आर्थिक अवस्था र देशको आवश्यकता अनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको बताए । राष्ट्रपति पौडेलले धेरै शैक्षिक उन्नति र प्रगतिका बावजुद पनि सरस्वती क्याम्पसको भौतिक संरचना खासगरी अत्याधुनिक भवनलगायतको अभाव हुनु चिन्ताको विषय भएको भन्दै भौतिक पूर्वाधारलगायतमा सहयोग गर्न सरकारलाई आग्रह समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७