भागी विहे गरेका सुसल र मुनाकला घर नपुग्दै बाटोमै अस्ताए


१० पुष २०८०, मंगलवार
acc 2

सिन्धुली । सिन्धुलीको सडक हिजो (सोमबार) बस र मोटरसाइकल ठोक्किँदा ज्यान गुमाउने महिला र पुरुष नवविवाहित दम्पती भएको खुलेको छ । हिजो सुनकोशी गाउँपालिका–३, स्थित झागाँझोलीको सडक दुर्घटनामा ज्यान गुमाउने खोटाङको तावाचुङ नगरपालिकाका–२ का २० वर्षीय सुसल राई र मोटरसाइकल पछाडि सवार सोही जिल्लाको मझुवागडी नगरपालिका–१० की १८ वर्षीया मुनाकला राई दम्पती भएको खुलेको हो ।

केही दिनअघि भागी बिहे गरेका उनीहरु खोटाङ घर हिंडेको खुल्न आएको छ । बा ६० प ३५४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसले झागाँझोलीमा ठक्कर दिएको थियो । बसको ठक्करबाट मुनाकलाको घटनास्थलमै र सुसलको खाल्टेस्थित स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको थियो ।

दुबै जनाको मृत्यु पश्चात् आक्रोशित स्थानीय र यात्रुले बसमा आगो लगार्य दिएका थिए । प्रहरीको अनुसार बसका चालक रामेछापको मन्थली नगरपालिका –१३ का २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ भने मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम सिन्धुली माडीमा लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७