हिटर र कराहीमा आगो बालेर सुतेका पूर्व वडाध्यक्ष लामाको मृत्यु, श्रीमतीको उपचार हुँदै


१० पुष २०८०, मंगलवार
Karma

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–१ का पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर ज्यान गएको छ । जाडोको कारण हिटर र फलामको कराहीमा आगो बालेर सुतेका ८२ वर्षीय लामा र उनकी श्रीमती असनी लामा निसास्सिएर बेहोस अवस्थामा भेटिएका थिए ।

बेहोस दम्पतीको उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको थियो । वडाध्यक्ष लामाको मृत्यु भएको छ भने श्रीमतीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । लामा परिवारका अनुसार बिहान करिब आठ बजेसम्म नउठेपछि छोरा र बुहारीले ढोका खोली हेर्दा उनीहरू अचेत अवस्थामा थिए ।

तत्कालै उनीहरूलाई धुलिखेल अस्पताल लगिएको थियो । पूर्व वडाध्यक्ष लामालाई अस्पतालले ९ः२० मा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए । श्रीमती असनीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा लामा कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७