कोरोना संक्रणबाट अभिनेता विजयकान्तको निधन


१२ पुष २०८०, बिहीबार
vijaykant2023 12 28 11 12 15

मुम्बइ । भारतका तमिलनाडुमा प्रभाव रहेको ‘डीएमडीके’ राजनीतिक दलका प्रमुख एवं अभिनेता विजयकान्तको निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित उनको बिहीबार चेन्नाईमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । ‘क्याप्टेन विजयकान्त निमोनियाको लागि भर्ना भएपछि भेन्टिलेटरमा राखिएको थियो । मेडिकल स्टाफको अथक प्रयासका बाबजुद पनि आज बिहान उनको मृत्यु भयो ।’ अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ ।

विजयकान्तलाई नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल भर्ना गरिएको थियो । त्यतिबेला उनको पार्टी डीएएडी पार्टीले विजयकान्त ‘स्वस्थ’ रहेको र परीक्षण पछि घर फर्किने बताएको थियो । विजयकान्तलाई यसअघि नोभेम्बर २० मा पनि अस्पताल भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा उपचार भइरहेको थियो । विजयकान्तले १५४ वटा फिल्ममा अभिनय गरेका छन् । फिल्मपछि मात्रै उनी राजनीतिमा सक्रिए भएका थिए ।

डीएमडीके राजनीतिक पार्टी स्थापना गरेर उनी विरुधाचल र ऋषिवन्दियम निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै दुई पटक विधान सभाको सदस्य भएका थिए । सन् २०११ देखि २०१६ सम्म तमिलनाडु विधानसभामा विपक्षी दलको नेता भएपछि उनको राजनीतिक करियरको ग्राफ बढेको थियो । पछिल्ला वर्षहरूमा विजयकान्तको स्वास्थ्य खराब हुँदा उनी सक्रिय राजनीतिक सहभागिताबाट भने पछाडि नै रहेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७