प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीहरुले मागे अधिकार (तस्वीरहरु)


१४ पुष २०८०, शनिबार
mukhyamantri and prachanda

काठमाडौं । संघीयतालाई बलियो बनाउन संविधान कार्यान्वयन गर्न माग गर्दै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । ६ प्रदेशका मुख्यमन्त्रीहरूले आज (शनिबार) बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई तीनै तहको सरकारलाई प्रभावकारी बनाउन दबाब दिएका हुन् ।

mukhyamantri and pm lUG8O8gWCV

संघीयता कार्यान्यन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नको लागि आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार हेटौंडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको ९ बुँदे साझा पत्र बोकेर काठमाडौं आएका ६ जना मुख्यमन्त्रीले साझा पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।

mukhyamantri prachanda vO63Ft6src

९ बुँदे साझा पत्र कार्यान्वयन नभए थप संघर्षका कार्यक्रम गर्ने सातै प्रदेशका मुख्यमन्त्रीले चेतावनी दिएका छन् । उनीहरुले पोखरामा बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै बैठकले विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

mukhyamantri prachanda 1 okpBIq1IIr

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७