युरोप पठाइ दिन्छु भन्दै १९ लाख ठगी गर्ने मेनपावर सञ्चालक पौडेल पक्राउ


१७ पुष २०८०, मंगलवार
Jayram Paudel 52024 01 01 09 01 08

काठमाडौँ । यूरोप पठाइ दिन्छु भन्दै १९ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं. १ बस्ने मार्स मेनपावर सञ्चालक ४१ बर्षीय जयराम पौडेल रहेका छन् ।

पौडेलले पदम कुमारी श्रेष्ठसहित २ जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु, त्यहाँ मासिक तीन लाख रुपैयाँ भन्दा धेरै तलव हुन्छ भनि विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितहरुबाट पटक–पटक गरी १९ लाख ६० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।

निज जयराम पौडेलको खोजतलास गर्ने क्रममा काठमाडौँं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस १२ गते काठमाडौँ महानगरपालिका वडा नं. ३२ कोटेश्वरबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाण्डौंले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७