नेपाल प्रहरीका वरिष्ठ सईहरू किन पुगे सर्वोच्च ?


१७ पुष २०८०, मंगलवार
police head

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) हरू आफूहरुले पाउनु पर्ने सेवा सुविधा नपाएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनीहरूले पदमा बढुवा भए पनि ग्रेड वृद्धिको रकम नपाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । मुद्दा दायर गर्नेमा बहालवाला वरिष्ठ सई र वरिष्ठ सईबाट अवकाश भएकाहरु छन् ।

उनीहरूले मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयका सचिव, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी किताबखाना र निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् । अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेशकुमार राई र ओमप्रकाश शाक्यसहितले यसअघि नै रिट दायर गरेका थिए । उनीहरूको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।

त्यस्तै १४ जना बहालवाला वरिष्ठ सईले दायर गरेको रिटमा भने आज मंगलबार सुनुवाइ हुँदैछ । वरिष्ठ सईले अहिले पाउँदै आएको तलबमा ८ ग्रेड तप सेवा सुविधा पाउनुपर्ने हो । तर उनीहरूले २ ग्रेड मात्रै पाउँदै आएको बताएका छन् । एक दिनको तलब बराबर १ ग्रेड हुन्छ ।

तर उनीहरूले थप ३ ग्रेडको रकम पाउनुपर्ने हो । पूर्व वरिष्ठ सईहरूले बहालमा रहँदा पाउनुपर्ने तर, नपाएको रकम पाउन माग गरेका हुन् । बहालवाला प्रनानीको तलब स्केल अहिले ३५ हजार ६५० छ । तर उनीहरूले पनि पाउनुपर्ने ग्रेडको रकम पाएका छैनन् । अवकाश प्राप्त सईहरुले प्रतिमहिना २६२ रुपैयाँको दरले थप ग्रेड रकम भुक्तानी दिनुपर्ने माग गरेका हुन् । अवकाशमा गएकाहरूले ग्रेड रकम मिलान गरेर निवृत्तिभरण दिन माग गरेका छन् । उनीहरूले उपचार खर्च र बिदाको रकम पनि पाउन माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७