युद्धग्रस्त रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक


१९ पुष २०८०, बिहीबार
baideshik rojgar bibhag HzgPKro6Xm

काठमाडौँ । सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले आज (बिहीबार) एक सूचना जारी गर्दै यी देशमा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन रोक लगाइएको जनाएको हो ।

नेपाली नागरिकहरू यी देशमा जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको विभागको भनाइ छ । नेपालीहरू विभिन्न माध्ययम तथा उद्येश्यले रुसमा पुगेर त्यहाँको सेनामा भर्ती भएका छन् । यसरी भर्ती भएकाहरूमध्ये अहिलेसम्म १० जनाको निधन भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै चार जना युक्रेनी सेनाको कब्जामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७