व्यापारीलाई फोनबाट मार्ने धम्की दिँदै ५० लाख माग्ने साह पक्राउ


२० पुष २०८०, शुक्रबार
ar

रौतहट । विभिन्न व्यापारीलाई फोन गरेर ज्यान मार्ने धम्की दिँदै रकम माग गर्ने एक व्यक्ति रौतहटबाट पक्राउ गरेका छन् ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका– ८ घर भएका ३४ वर्षीय भगवान साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साहले गएको मंसिर १० गतेदेखि पुस १८ गतेसम्मको अवधिमा विभिन्न व्यापारीलाई ९८०१५७७५१० नम्बरबाट फोन गरेर पाँच लाखदेखि ५० लाख रुपैयाँसम्म रकम माग गर्दै आएको प्रहरीले जनाएको छ ।

उनले स्थानीय व्यापारीहरु (नाम गोप्य) लाई फोन गरेर भने जति रकम नदिए सम्बन्धित व्यक्ति र उनीहरुका छोराछोरीको ज्यान मार्ने धम्की दिँदै पचार लाख रुपैयाँसम्म रकम माग गरेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । गोप्य सूचनाको आधारमा पक्राउ परेका साहलाई आपराधिक लाभ सम्बन्धि कसुरमा अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७