ब्राजिलका महान फुटबलर मारियो जागालोको निधन


२१ पुष २०८०, शनिबार
br

काठमाडौँ । ब्राजिलका महान फुटबल खेलाडी मारियो जागालोको ९२ वर्षको उमेरमा निधन भएको छ । मारियोको शनिबार निधन भएको रोयटर्सले उल्लेख गरेको छ ।

खेलाडी र प्रशिक्षकको रुपमा मारियोले ब्राजिललाई चार वटा फिफा विश्वकपको उपाधि दिलाएका थिए । ब्राजिलका लागि विंगरको रुपमा खेलेका मारियोले सन् १९५८ मा ब्राजिलले पहिलोपटक फिफा विश्वकपको उपाधि जित्दा उनी टिमको सदस्यको रुपमा रहेका थिए ।

Mario Zagallo ApjNeWkxcO

सन् १९६२ मा मारियोले पुनः ब्राजिललाई विश्वकपको उपाधि दिलाएका थिए । सन् १९७० मा पेले, जाइरजिन्हो, रिभेलिनो र टोस्टाओजस्ता खेलाडीले ब्राजिललाई विश्वकपको उपाधि दिलाउँदा मारियो प्रशिक्षकको रुपमा रहेका थिए । त्यससँगै खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने उनी पहिलो व्यक्ति बनेका थिए । सन् १९९४ मा प्राजिलले चौँथों पटक विश्वकपको उपाधि हात पार्दा मारियो सहायक प्रशिक्षक थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७