२०८० पुस २५ गते बुधबारको तपाईको राशिफल

पुष कृष्ण चतुर्दशी पञ्चाङ्ग : ध्रुव विष्टि / भद्रा मूल


२५ पुष २०८०, बुधबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभकार्यको चर्चा चल्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मानसिक चिन्ता बढे पनि कार्य क्षेत्रमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्ने छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ, तर चिताएको काम रोकिन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्न पनि सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक र प्राविधिक काम सम्पन्न हुने त्यसबाट थप ऊर्जा मिल्नेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७