सीआइबीको नियन्त्रणमा बम्जन, बाहिर समर्थकको भीड (तस्वीरहरु)

अनुयायीहरु भन्छन्, ‘गुरुको दर्शन गर्न आएका हौं’


२५ पुष २०८०, बुधबार
bomjan cover

काठमाडौं । आफूलाई तपश्वी दावी गर्ने रामबहादुर बम्जन पक्राउ परेसँगै महाराजगञ्जमा उनका समर्थकहरू ठूलो संख्या जम्मा भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीईबी) ले मंगलबार बम्जनलाई पक्राउ गरेको छ । सेतो ज्याकेटमा देखिएका बम्जनलाई हत्कडीसहित प्रहरीले सार्वजनिक गरेको हो । उनी चिन्तित मुद्रामा देखिएका छन् । भित्र बम्जन सीआईबीको नियन्त्रणमा हुँदै गर्दा बाहिर अनुयायीको मौन रुपमा जम्मा भएका भएका हुन् ।

Bomjan 1

प्रहरीले आज पत्रकार सम्मेलन गर्दै बम्जनलाई सार्वजनिक गरेको थियो । तर, उनका अनुयायीहरूलाई भने भित्र पस्न दिइएन । करिब डेढ सयको संख्यामा रहेका अनुयायीहरूले कुनै प्रदर्शन वा नारावाजी नगरी शान्तरूपमा बसिरहेका छन् । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जन पक्राउ परेसँगै नेपालसहित विभिन्न १८ देशका ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ पनि बरामद भएको प्रहले जानकारी दिएको छ । उनीहरूले आफूहरू गुरु (बम्जन) को दर्शन गर्नका लागि आएको बताएका छन् ।

bomjan anuyayi 1
bomjan anuyayi
bamjan samarthak 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७