बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा, उपाधिका लागि रियल म्याड्रिडसँग भिड्ने


२७ पुष २०८०, शुक्रबार
barsi

काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदीमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराउँदै फाइनलमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको छ ।

आइतबार उपाधिका लागि रियल र बार्सिलोना प्रतिस्पर्धा गर्ने छन् । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा इल्की गुन्डोगानको पासमा रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । लेवान्डोस्कील् ५९ औं मिनेटमा दुइ डिफेन्डरबिचबाट पहिलो बार चेप्दै गरेको प्रहार गोलमा परिणत भयो ।

खेलमा बार्सिलोनाले इन्जुरी समयमा अग्रता दोब्बर बनायो । जयो फेलिक्सको पासलाई यामलले गोल गर्दै टिमको जित निश्चित गरे । बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि कीर्तिमानि १४ पटक जितेको छ । जारी सिजन रियल उत्कृष्टमा रहेकाले रियल र बार्सिलोनाबिचको फाइनल रोमाञ्चक हुने आँकलन गरिएको छ । रियल लालिगाको शीर्ष स्थानमा रहँदा बार्सिलोना तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७