राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राखिनु पर्छ : सभापति लामिछाने


२७ पुष २०८०, शुक्रबार
rabi rajendra

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताएका छन् ।

आज (शुक्रबार) राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुगेका उनले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताए । उनले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने बताए । राष्ट्र निर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने बताए ।

उनले थपे, ‘त्यति बेलाको बाइसे, चौबिसे राज्यहरुको अवस्था र त्यो इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्माताप्रतिको अगाध सम्मान यसमा मलाई लाग्छ कसैले पनि कन्जुस्याँई गर्नु हुँदैन । राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नु भएन । सबैको साझा बनाउने काममा लाग्नुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७