नागरिक उन्मुक्ति पार्टीको महासचिवमा गंगााराम चौधरी निर्विरोध


२८ पुष २०८०, शनिबार
Gangaram chaudhari

कैलाली । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा गंगााराम चौधरी निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका गंगाराम महासचिवमा चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा यसअघि महासचिव टुंगो नलाग्दै अध्यक्षसहित २४ पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । तर, महासचिवमा गंगाराम चौधरी, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री धर्म चौधरी, नेता ठाकुरसिंह थारुले दाबी गरेका थिए ।

अन्तिममा थारुले उम्मेदवारी फिर्ता लिए पनि भौतिक पूर्वाधार मन्त्री रहेका चौधरीले फिर्ता लिन मानेका थिएनन् । उनलाई अन्य जिम्मेवारी दिने शर्तमा महासचिवको जिम्मेवारी गंगाराम चौधरीलाई दिइएको पार्टीका अध्यक्ष रेशमलाल चौधरीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७