राष्ट्रपतिले नेताहरूलाई शीतलनिवास बाेलाए


१ माघ २०८०, सोमबार
Ramchandra poudel 2 1 scaled

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई शीतल निवासमा निम्ता गरेका छन् । माघी पर्वका अवसरमा आज बिहान ११ बजे सबै संसदीय दलका नेताहरूलाई शीतल निवासमा बोलाएका हुन् ।

माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न नेताहरूलाई बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । आज माघे संक्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे संक्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्ने गर्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति समेत भनिन्छ । माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छ । धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७