मेलम्चीबारे बालेनको व्यङग्य : एउटै मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !

‘सहकार्य गर्ने मौका पाए मेलम्चीलाई दीर्घकालीन समाधान दिन्छौं’


१ माघ २०८०, सोमबार
prachanda balen

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यङग्य प्रहार गरेका छन् । मेलम्चीको पानीको पाँचौ पटक प्रधानमन्त्रीले सिंहदरबारमा सोमबार उद्घाटन गरेसँगै बालेनले यस्तो व्यङग्य गरेका हुन् ।

उनले हामीसँग भएको एउटै मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटन गरेर विश्व कीर्तिमान कायम गरेको भन्दै कटाक्ष गरेका छन् । कुन–कुन मितिमा मेलम्ची खानेपानीको उद्घाटन क–कसले गरे भनेर समेत शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘सहकार्य गर्ने मौका पाए मेलम्चीलाई दीर्घकालीन समाधान दिन्छौं’
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले दिगो रूपले मेलम्चीको खानेपानी ल्याउन स्थानीयसँग सहकार्य गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन् । सोमबार उनले सामाजिक सञ्जालबाट केन्द्र सरकारको एकलौटी निर्णय र कामका कारण हालसम्म मेलम्ची खानेपानी दीर्घकालीन रूपमा ल्याउन नसकिएको उनको टिप्पणी छ ।

उनले भनेका छन्, ‘हामी आलोचना मात्र गर्न चाहन्नौँ, यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस्, हरेकपल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौं, यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ, सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साच्चै नै जित्नुभयो भनेर ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७