प्रधानमन्त्री कप क्रिकेट : एपीएफको लगातार दोस्रो जित


१ माघ २०८०, सोमबार
20240115152537 1536x1024 1

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एफीएफले लगातार दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

यसअघि पहिलो खेलमा एपीएफले बागमति प्रदेशलाई ८९ रनले हराएको थियो । प्रतिकुल मौसमका कारण ४७ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको कोशीले ४४.३ आभरमा सबै विकेट गुमाएर १३५ रन बनाएको थियो । १३६ सामान्य लक्ष्य पछ्याएको एपीएफले १९.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफलाई जिताउन कप्तान रोहित पौडेलले ५३ बलमा ८० रनको उत्कृष्ट पारि खेले । उनले ३ छक्का र ९ चौका प्रहार गरेका थिए । यसगरी सुमित महर्जन २० रनमा नटआउट रहँदा सन्दीप जोराले २ रनको नटआउट पारि खेले । प्रज्वल शाही २२ तथा आशिफ शेख ४ रनमा आउट भएका थिए । पुर्ण विकले १ रन बनाए ।

कोशी प्रदेशका फिर्दोश अन्सारी, कमल खत्री र समिर कार्कीले एक एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गर्दा कोशीको सुरुआत भने राम्रो रहेन । मिनाश थापाले खाता नखोल्दै आउट भएका थिए ।

त्यसैगरी फिर्दोश अन्सारीले ५५ रनको अर्धशतकीय पारि खेल्दा सोनु अन्सारीले २० रन बनाए । त्यसैगरी कप्तान अंकित सवेदीले १३ तथा सोनु मण्डलले ११ र आशिष भट्टराईले १० रन बनाए । एपीएफका अभिनाश बोहोरा र कप्तान रोहित पौडेलले तीन तीन विकेट लिँदा अमर रौटेलाले २ विकेट हात पारे । मौसम ढकाल र भुवन कार्कीले एक एक विकेट लिए । आजको खेलमा कप्तान पौडेल प्लेयर अफ दी म्याच बने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७