न्याय माग्न सर्वोच्च पुगेकी न्यायाधीश पत्नी आरती गेटबाटै पक्राउ


२ माघ २०८०, मंगलवार
aarati giri

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । आज (मंगलबार) न्याय माग गर्दै सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् । प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो । रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । उनीहरूबीचको मुद्दा अदालती प्रक्रियामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७