सचिवालयलाई छरितो बनाउँदै प्रधानमन्त्रीले विदा गरे १३ कर्मचारी (सूचीसहित)


२ माघ २०८०, मंगलवार
Prachanda 10

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयलाई छरितो बनाउँदै १३ जना कर्मचारी हटाएका छन् । माघ १ गतेबाट लागू हुनेगरी १३ जनालाई हटाएको प्रधानमन्त्रको प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई हटाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्यकालको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै आफ्नै सचिवालयबाट शुद्वीकरण थाल्ने प्रतिवद्वता व्यक्त गरेका थिए । प्रधानमन्त्रीले आफ्नो कार्यकाल एक वर्ष पुगेको दिन कार्यशैली सुधारदेखि सचिवालयलाई पनि चुस्त बनाउने घोषणा गरेका थिए । सो घोषणापछि प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो ।

pm sachiwalaya 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७