सञ्जय लीला भन्सालीले १९ बर्षपछि शाहरूखलाई लिएर चलचित्र बनाउँदै


३ माघ २०८०, बुधबार
sarukh sanyalila

मुम्बई । बलिउड सुपरहिट निर्देशक सञ्जय लीला भन्सालीको अघिल्लो फिल्म ‘गंगुबाई काठियावाडी’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

अब सञ्जय लीला भन्साली फेरि एक पटक ब्लकबस्टर फिल्म लिएर आउँदैछन् । यस फिल्ममा सञ्जय लीला भन्सालीले शाहरुख खानलाई कास्ट गर्ने भएका छन । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको नाम ‘इन्शाअल्लाह’ राखिएको छ । कतिपयले ‘देवदास’ पछि १९ बर्ष पछि बनाउने फिल्मको नाम ‘इजहार’ नाम राखिएको पनि जनाएका छन् ।

सुपरहिट निर्देशक सञ्जय लीला भन्साली र सुपरहिट अभिनेता शाहरुख खानको जोडी फेरि एकपटक बक्स अफिसमा धुम मच्चाउन तयार भएको जनाइएको छ । यसअघि सन् २००२ मा सुपरहिट निर्देशक–अभिनेताको जोडीले फिल्म ‘देवदास’ बाट कमाइको कीर्तिमान तोडेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको तयारी सुरु भइसकेको छ । यो चलचित्रको पूर्वप्रोडक्सन मे–जुनबाट सुरु हुनेछ ।

सञ्जय लीला भन्सालीको यो फिल्म रोमान्टिक कमेडी हुने बताइएको छ । यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा देखिने छन् । तर, फिल्मको थप कलाकारको बारेमा भने अहिलेसम्म कुनै खुलासा गरिएको छैन । फिल्मको बारेमा अहिलेसम्म आधिकारिक जानकारी भने दिइएको छैन । तर चलचित्रको छायांकन छिट्टै सुरु हुने बताइएको छ ।

यसअघि सन् २००२ मा ‘देवदास’ मार्फत सञ्जय लीला भन्साली र शाहरुख खानको जोडीले बक्स अफिसमा अचम्मको कमाइ गरेको थियो । यो फिल्मले कमाईका सबै रेकर्ड तोडेको थियो । ४४ करोड रुपैयाँको ठूलो बजेटमा बनेको यो फिल्मले विश्वभर ९९ करोड भन्दा बढी कमाइ गरेर २००२ को सबैभन्दा धेरै कमाउने फिल्मको उपाधि जितेको थियो । अब फेरि यो जोडी बक्स अफिसमा धमाका मच्चाउन तयार छ । यद्यपि यो फिल्मको बारेमा आधिकारिक जानकारी भने दिइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७