खेलकुद पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का


३ माघ २०८०, बुधबार
MadhavprasadGhimire Pathan RSS 03 20240117 125054

ललितपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज बुद्धि विकास खेल मैदान लगनखेलमा आयोजित १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उहाँले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार पार्नका लागि इमानदारी तथा जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

‘खेल क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी छ । आफू सरकारको जिम्मेवारीमा रहँदा यस क्षेत्रको विकासका लागि इमानदारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु’, उपप्रधानमन्त्री खड्काले भने, ‘तीनै तहको सरकार मिलेर खेलकुद पूर्वाधार निर्माण गर्नुपर्छ । यसका लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई मित्रवत् प्रतिस्पर्धामा लाग्न आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य मदनबहादुर अमात्यले खेलकुुदका माध्यमबाट खेलाडीले नेपालप्रतिको भावना उजागर गरेकामा हार्दिक आभार व्यक्त गरे । ललितपुर क्षेत्र नं १ का सांसद उदय शमशेर राणा, क्षेत्र नं ३ का सांसद डा तोसिमा कार्की, जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयालले बर्सेनि हुने यस्ता क्रियाकलाप र प्रतियोगिताले खेलाडीलाई आकर्षित र हौसला प्रदान गरेको बताएका थिए । उनीहरुले प्रतियोगितामा सहभागिता जनाउनु नै विजयको पहिलो सुरुवात भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७