व्यावसायीलाई ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग्ने तीन युवक पक्राउ


४ माघ २०८०, बिहीबार
pakrau firauti

चितवन । चितवनमा ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग्ने तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–२१ बस्ने २७ वर्षीय सरोज सुनार, वडा नं १ बस्ने २६ वर्षीय दिपक बिक र वडा नं २६ बस्ने २५ वर्षीय सागर बिक रहेका छन् ।

उनीहरुले गत पुस २८ गते रुपन्देही असुरैना–३ घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यवसाय गरी बस्ने करन गुप्तालाई बारम्बार अपरिचित एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौती माग गरेको र यदि नदिएमा सुट गरी मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

रकम फिरौती र ज्यान मार्ने धम्की पटक–पटक दिनरात दिएको भनी निवेदन प्राप्त हुनासाथ तत्काल प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको काठमाडौँमा परिचालित बिशेष प्रहरी टोलीले विभिन्न प्रविधिको प्रयोग, सूचना संकलन तथा शंका लागेका व्यक्तिहरु माथि निगरानी गरी खोजतलास गर्ने क्रममा उनीहरुलाई मंगलबार भरतपुर महानगरपालिकास्थित विभिन्न स्थानबाट माग बमोजिमको फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७