अफ्रिकी कप अफ नेसन्समा इजिप्ट र घानाको खेल बराबरी


५ माघ २०८०, शुक्रबार
f 1

काठमाडौं । अफ्रिकी कप अफ नेसन्समा इजिप्ट र घानाले बराबरी खेलेका छन् । गए राति आइभोरी कोस्टको ले फेलिसिया स्टेडियममा इजिप्ट र घानाले २–२ गोलको बराबरी खेलेका हुन् ।

समूह चरणको दोस्रो खेलमा इजिप्ट आफ्नो मुख्य खेलाडी मोहम्मद सलाहविना मैदान उत्रिएको थियो । सलाह चोटग्रस्त भएका कारण मैदान बाहिर छन् । पहिलो हाफको इन्ज्युरी समया घानाका मोहम्मद कुदुजसले गोल गरेका थिए । दोस्रो हाफमा ६९ औं मिनेटमा ओमार मार्माउशले गोल गर्दै इजिप्टलाई बराबरीमा पुर्‍याएका थिए ।

७१ औं मिनेटमा घानाका कुदुज र ७४ औं मिनेटमा इजिप्टका मुस्ताफा मोहम्मदले गोल गर्दा खेल पुनः बराबरीको स्थितिमा पुगेको थियो । खेलमा घानाले गोलका लागि ६ प्रहार गर्दा इजिप्टले ११ प्रहार गर्‍यो । समूह चरणको दुवै खेल बराबरी खेलेर इजिप्टले २ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । घाना १ अंकका साथ पुछारमा छ । पहिलो स्थानमा केप भर्डे र तेस्रो स्थानमा मोजाम्बिक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७