आज कति छ तरकारी र फलफूलको भाउ ?


७ माघ २०८०, आईतवार
kalimati Vegetables

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८०, कालो अंगुर २८०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, लोकल सानो गोलभेडा १५, अदुवा १५०, रातो आलु ३६, रातो भारतीय आलु ३० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, कागती १६०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, लौका ६०, लोकल सेतो मूला १० र रातो मूला १५, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ३० रुपैयाँमा खरिद बिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ९० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, चाइनिज प्याज ६०, हरियो प्याज १०० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन ९०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा र लाम्चो भान्टा ६०, भिण्डी ७०, र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७