संसदको महासचिव नियुक्ति छिट्टै टुङ्गिएला भन्नेमा आशावादी छु : सभामुख

‘समितिहरू संसदीय क्यालेण्डर अनुसार चल्न सकेनन्’


७ माघ २०८०, आईतवार
Devraj Ghimire 1 scaled

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरू क्यालेण्डर अनुसार सञ्चालन गर्ने प्रयास भए पनि सफल नभएको बताएका छन् ।

आज (आइतबार) संसदीय समितिका सभापतिहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदीय समिति क्यालेन्डर बनाएर सञ्चालन गर्ने प्रयास भए पनि व्यावहारिक हुन नसकेको बताए । उनले अबको संसदलाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेन्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभापतिहरूसँग छलफल भएको बताए । उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको पनि बताए ।

Pro Ktm Samvamukh Meeting

‘बाहिरबाट समितिहरूलाई सहयोग प्रदान गर्नको लागि विभिन्न दातृ संस्थाहरूले सहयोग गर्न कोसिसहरू वा सहयोगहरू प्राप्त हुन्छ भनेका कुराहरूलाई एकीकृत ढंगबाट समितिहरूलाई चाहिने सहयोग पनि सचिवालयमार्फत नै लिनु राम्रो हुन्छ, गर्नुपर्छ भन्ने सुझावहरू पनि आएको छ । क्यालेण्डर बनाएर अघि जाने, संसदीय क्यालेण्डर अनुसार चल्ने कोशिस भए पनि त्यो व्यावहारिक भएको छैन ।’

उनले भने, ‘अबको संसदलाई अलि प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेन्डर फिक्स गर्ने, क्यालेण्डरभित्र चल्न सबैले वातावरण बनाएर जानुपर्छ र क्यालेण्डर कसरी बनाउने भन्ने सन्दर्भमा एउटा १५ दिन, अर्को महिना दिन, अर्को सिंगो सत्र भरको क्यालेण्डर बनाऔँ, कहिलेसम्म सत्र सञ्चालन गर्ने भन्ने बारेमा पनि एउटा समझदारीपूर्ण ढंगले, योजनावद्ध ढंगले बनाऔँ भन्ने कुरामा छलफल भएको छ । आउँदो हिउँदे सत्र चाँडै बोलाउने र त्यसको तयारी छिटो सकौँ र बाँकी रहेका विषय छिटो टुंग्याउनुस् भनेको छु ।’ सभमुख घिमिरेले संसदको महासचिव नियुक्तिबारे आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको र टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७